गृहपृष्ठे

ओभर स्टे, विवाह, संबन्ध बिच्छेद, जागिर, स्थायी बसोबास भिसा, जापानी नागरीकता प्राप्त, गर्ने जस्ता तपाँइहरुको जस्तो सुकै समस्या भए पनि गणेश भिसासंग सल्लाह गर्नुहोस।

गणेश भिसाका सेवाहरु

  • कागज पत्र तयार तथा भिसा आवेदन
    हामी तपाँइको भिसाको लागी जापानको अध्यागमनमा बुझाउनु पर्ने फारमहरु भर्ने लगाएत आवश्यक कागज पत्र तयार गर्दछौ। तपाँइ आफै अध्यागमन कार्यलयमा जानु पनि पर्दैन। तपाँइको भिसा एक पटक नमिलेको भएपनि, यदि अझै भिसा मिल्ने संभावना छ भने, हामी तपाँइको भिसाको लागी काम गर्न सक्छौ। हामीलाइ भिसा आवेदन गर्नको लागी आवश्यक जानकारी दिनुहोला।
  • जापानमा रहने बिशेष अनुमतिको दर्खास्त
    यदि तपाँइ कुनै कारणबस जापानमा गैर कानूनि रुपमा ओभरस्टे हुनु भएको छ भने, तपाँइ जापान छाड्नु पर्दछ। यदि तपाँइ १ बर्ष पछि फेरी जापान आउन भिसा पाउनु भयो भने फेरी आउन सक्नु हुन्छ। तर यदी तपाँइलाइ गैर कानूनि रुपमा ओभरस्टे बसेको भनि अध्यागमनले समातेर फिर्ता पठायो भने कम्तिमा ५ बर्ष सम्म जापान छिर्न मिल्दैन र त्यसपछि मात्र उचीत भिसा मिलेमा जापान आउन पनि सकिन्छ। कसैले जापानी नागरिक संग विवाह गरेमा छुट्टै व्यवहार गरिएको हुन सक्छ तर प्रत्येक केसलाइ होसियारीसाथ जाँच गरिन्छ।
  • कम्पनी दर्ता प्रकृयाको सहयोग
    अहिले जापानमा कम्पनी दर्ता गर्दा आकार, पुँजी तथा कर्मचारीको संख्या जति भए पनि कम्पनी दर्ता गर्न संभव भएको छ। प्रायजसो कम्पनी दर्ता गर्न आवश्यक कागज पत्र तयार गर्न २ देखी ४ हप्ता जति समय लाग्दछ। यदि कम्पनी दर्ता गरेपछी भिसाको आवेदन पनि गर्ने हो भने बिशेष ध्यान दिनु पर्नेछ। तपाँइ पनि यदि कम्पनी दर्ता गरी भिसा लिने विचारमा हुनुहुन्छ भने कम्पनी दर्ता गर्ने कागज पत्रमा कस्तो व्यवसायको योजना राख्ने हो भन्ने बारे हामीसंग सल्लाह गर्नुहोला। जापानमा कम्पनी दर्ता गर्दैमा लगानीकर्ता तथा व्यवसायिक भिसामा परिवर्तन गर्न सकिदैन। सम्बन्धित निकायबाट सम्भाव्यताको अनुगमन, न्यायसंगत, निरन्तरता, पुँजी ५०लाख ऐन भन्दा बढि छ कि छैन लगाएत अन्य कुराहरुको चेक गर्दछ। भिसा परिवर्तन गर्नको लागी यसरी सबैकुरा चेक गरेर अनुमती प्राप्त भएपछी मात्र सम्भव छ।
  • स्थायी बसोबास भिसा
    केहि बर्ष यता स्थायी बसोबासको भिसाको आवेदन बड्दो क्रममा छ। गणेश भिसा बाट आवेदन गरेको धेरैजसो भिसा मिलेको छ। स्थायी बसोबास भिसा प्राप्त ब्यक्तिले जुनसुकै प्रकारको काम अथवा ब्यापार व्यवसाय गर्न सकिनेछ।

गणेश भिसाले आफ्ना ग्राहाकहरुको प्रत्येक केसलाइ बिशेष ध्यानदिएर काम गर्दछ।

यदि तपाँइको भिसा आवेदन गर्दा अध्यागमन बाट भिसा नमिल्ने जस्तो अनुमान गर्नुहुन्छ भने त्यतिबेला भिसा कोशिस नगरी केहि समय पछि कोशिस गर्नु होला। किनभने पहिलो पटक अनुमति मिल्नु महत्वपुर्ण हुन्छ। एक पटक मिलेन भने दोस्रो पटक भिसा कोशिस गर्दा अझ बढि होसियारीका साथ कागजात तयार पार्नु पर्दछ। दोस्रो चोटि भिसाको जवाफ आउन ढिलो हुनुको साथै अनुमती मिल्न गार्होप पर्दछ। यदि तपाँइको पहिलो चोटि भिसा नमिलेको छ भने पनि के कारणले नमिलेको हो भन्ने कारणलाइ हेरेर हामी फेरी भिसा अनुमति लिनको लागी सबै किसिमको सम्भाव्य कुराहरु खोजी गर्नेछौ।